सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ आएपछि मुलुकभर सहकारी संस्थाहरु स्थापना हुने क्रम भयो, दर्ता हुनु भन्दा पहिले साविक पनौती न.पा वडा नं १० सिकारीगाँउ का युवा युवतीहरुले मेलापातमा काम गर्दा गर्दै समुह निमार्ण गर्ने र मासिक सकेको बचत गर्दै जाने उद्धेश्यका साथ यस सहकारी नवदुर्गा समूहको नामले २०५८ चैत्र २ गते देखि व्यावहारिक रुपमा २६ जना सदस्यहरुबाट सुरु भएको थियो । जसमा सदस्यहरु मासिक रुपमा रु २५।–देखी रु१०० रुपैया मासिक रुपमा वचत जम्मा गर्दै गएकोमा यसै क्रममा यो संस्था सहकारी ऐन र नियमावलीको परिधि भित्र रही २०५९ पौष २६ गते डिभिजन सहकारी कार्यालयमा दर्ता (द.नं ७६६.०५९.०६०) भई सञ्चालन भइरहेकोमा २०६८ श्रावण ०८ गते ३ ओटा सहकारीहरु नवदुर्गा सकोस पनौती, पात्लेखेत साकोस पात्लेखेत गा.वि.स, भूमिडाँडा साकोस चलाल गणेशस्थान गा.वि.स का सहकारी एक आपसमा एकीकरण भई कार्यक्षेत्र समेत बृद्धि गर्दै पुनः मिति २०७३ मंसिर २२ गते बाट थप दुई संस्था शारदा साकोस र शारदामाई साकोस पनौती १० र मिति २०७७ असार २३ गते धुलिखेल न.पा वडा नं ११ मा रहेको लेकाली डाफे कृषि सहकारी संस्था एक आपसमा एकिकरण भएर हाल श्री नवदुर्गा वचत तथा ऋण सहकारी संस्था लि.को नाम रही संचालन भैरहेको छ । नवदुर्गा साकोसले सहरी क्षेत्रहरुमा भन्दा पनि ग्रामीण समुदायका सदस्यहरुलाई वित्तिय तथा गैह्य वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ सेवाहरुलाई विकेद्रिकृत उद्धेश्यले ५ ओटा सेवा केन्द्र र विभिन्न ठाउँहरुमा बचत संकलन केन्द्रहरु स्थापना गरी संचालनमा रहिरहेको छ हाल श्री नवदुर्गा साकोस नेफ्स्कून द्धारा संचालित नेपाल स्तरको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम(प्रोवेसन) मा आवद्ध रही संचालनमा रहेको छ यस संस्थाले आफ्ना सदस्यहरुले मेहनत र पसिनाको कमाईबाट राखिएको बचत लाई सदैव साकोसको नासो सम्झि सुरक्षित तरिकाबाट संचालन गर्दै जानेछ ।